इतिहासकै महङ्गो बन्यो सुनको भाउ

इतिहासकै महङ्गो बन्यो सुनको भाउ

काठमाडौं ।

बुधबार पनि नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।

सोमबारको तुलनामा ५ सय रुपैयाँले बढेर सुनको भाउ इतिहासकै महङ्गो बनेको हो ।

हिजो १ लाख २३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख २३ हजार ५ सय रुपैयाँ कायम भएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख २२ हजार ९ सय कायम भएको छ ।

यस्तै आज चाँदी १४४० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।