मृत फेला परेकाे १० दिनमा शालिन पोखरेलको अन्त्येष्टि गरियाे

मृत फेला परेकाे १० दिनमा शालिन पोखरेलको अन्त्येष्टि गरियाे

काठमाडौँ ।

चितवनकाे छात्रावासमा मृत फेला परेकी छात्रा शालिन पोखरेलको सोमबार अन्तिम संस्कार गरिएको छ ।

मंगलबार पशुपति आर्यघाटमा पोखरेलको अन्त्येष्टि गरिएको हो ।

मृतकका पिताले छोरोको पार्थिव शरीरमा दाग बत्ती दिएका थिए ।

पोखरेल मृत्यु प्रकरणमा पक्राउ गरिएका शिशु निकेतन स्कुलका प्रिन्सिपल सहित ३ जनालाई अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा १४ वर्षीया शालिन पोखरेल फागुन १२ मा मृत फेला परेकी थिइन् । घटनास्थलमा भेटिएको सुसाइड नोट परीक्षणका लागि प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको छ ।