हराएको २० दिनपछि सेती किनारमा ओझाकाे शव फेला

हराएको २० दिनपछि सेती किनारमा ओझाकाे शव फेला

पोखरा ।

सेती नदी किनारमा पोखरा-३० का तेजराज ओझा मृत फेला परेका छन् ।

हराएको २१ दिनमा सेती नदी किनार (गगनगौंडा तल )मा उनको शव सडेको अवस्थामा फेला परेको हो ।

माघ २५ गते घरबाट ‘मर्निङ वाक’मा निस्किएका ओझा नफर्केपछि परिवारले खोजीका लागि प्रहरीलाई समेत आग्रह गरेको थियो ।

पोखरा र आसपासका सहरमासमेत खोजी गर्दा पनि नभेटिएका ओझाकाे शव बिहीबार सेतीको बाँध खोल्नु अगाडि सेतीमा फेला परेको प्रहरीले जनाएको छ ।

ओझाको मृत्युको कारणबारे अझै खुल्न नसकेको र अनुशन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।