सावित्रा भण्डारीले वाफको फाइनल नखेल्ने

सावित्रा भण्डारीले वाफको फाइनल नखेल्ने

काठमाडौँ ।

सावित्रा भण्डारी साम्बा साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्राफ्रेन्च क्लबइभि गुइनगाम्पसँगको सम्झौताका कारण फाइनल खेल नखेल्ने भएकी हुन् ।

एन्फाले सावित्रालाई गुइनगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा विहिबार हुने फाइनल खेल फिफा विन्डो पछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने भएको जानकारी दिएको छ ।

फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो । बिहीबार जोर्डनविरुद्ध हुने फाइनल खेलमा सावित्रा नखेल्ने भएकी हुन् । फाइनल खेल विहिबार राति ९: ४५ बजेदेखि शुरु हुदै छ ।

सावित्राले जारी वाफ प्रतियोगितामा सर्बाधिक ९ गोल गरेर सर्बाधिक गोल गर्ने खेलाडी बनेकी छन् ।