किसानहरूलाई तुरुन्त दुधको भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन

किसानहरूलाई तुरुन्त दुधको भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूग्ध विकास संस्थानले दूध खरिद गरेबापत् किसानहरूलाई दिनुपर्ने बक्यौता भुक्तानी तुरून्त दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

‘किसानहरूले महिनौंसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस्,’ उनले भने,‘निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस् ।’