संसद् भवन परिसरबाट लघुवित्त ऋणीहरू पक्राउ

संसद् भवन परिसरबाट लघुवित्त ऋणीहरू पक्राउ

काठमाडौं ।

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार, कम्तिमा १८ जनालाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वर लगिएको छ ।

जबरजस्ती प्रवेश गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हाे ।

सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास बिना जान दिइँदैन ।