टी-२० सिरिजका लागि राष्ट्रिय टिमकाे घोषणा, भीम सार्की र देव खनाल अटेनन्

टी-२० सिरिजका लागि राष्ट्रिय टिमकाे घोषणा, भीम सार्की र देव खनाल अटेनन्

काठमाडौं ।

मंगबारदेखि हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजका लागि नेपालले राष्ट्रिय टिम घोषणा गरेको छ।

विनोद भण्डारी, प्रतिश जिसी, बिबेक यादव, रशिद खान, सागर ढकाल र अभिनास बोहरा टिममा छन्।

बाँकी खेलाडी एकदिवसीय टिमका छन्।

एकदिवसीय टिममा रहेका पवन सर्राफ, सूर्य तामाङ, भीम सार्की र देव खनाल टिममा छैनन्।

सिरिजमा पहिलो खेल नेपाल र नामिबियाबीच मंगलबार हुनेछ। बुधबार नेपाल र नेदरल्यान्ड्स भिड्नेछन्। यस्तै नेपालले नामिबियासँग शुक्रबार र शनिबार नेदरल्यान्ड्ससँग फेरि खेल्नेछ। फाइनल फागुन २२ गते मंगलबार हुनेछ।

सबै खेल त्रिवि मैदानमा विहान साढे ११ बजे सुरु हुनेछन्।

नेपाली टिम
रोहित पौडेल (कप्तान)
आसिफ शेख
कुशल भुर्तेल
कुशल मल्ल
प्रतिश जिसी
सन्दीप जोरा
बिनोद भण्डारी
बिबेक यादव
दिपेन्द्रसिंह ऐरी
अनिल साह
ललित राजवंशी
रशिद खान
करण केसी
सागर ढकाल
गुलशन झा
आरिफ शेख
सोमपाल कामी
अविनाश बोहरा