खेलाडी मनिष डाँगीको घरबाट ४५ लाख चोरी, ३ जना पक्राउ

खेलाडी मनिष डाँगीको घरबाट ४५ लाख चोरी, ३ जना पक्राउ

काठमाडौ

फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

डाँगीको घरबाट गत फागुन ६ गते ४५ लाख रुपैयाँ चोरी भएको थियो।

चोरीमा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

दोलखाको शैलुङ गाउँपालिका ६ का २१ वर्षीय अनुप तामाङ, शैलुङकै २० वर्षीय रविन तामाङ र ललितपुर गोदावरी ६ का २४ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले चोरी आरोपमा पक्राउ गरेको हो।

फुटबल खेलाडी डाँगीको घरअगाडि अनुपको आफन्तको घर रहेको र उनी त्यहाँ बारम्बार जाने र सोहीक्रममा योजना बनाएर चोरी गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरीले जनाएको छ।