लन्डन पठाइदिने भन्दै ७६ लाख झ्वाम, एक युवक पक्राउ

लन्डन पठाइदिने भन्दै ७६ लाख झ्वाम, एक युवक पक्राउ

काठमाडौं ।

बेलायतको लन्डन पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङ्ग जिल्लाको बडिगाड गाउँपालिका-९ घर भएका ३६ वर्षीय युद्ध बहादुर केसी उर्फ पाण्डप छन् ।

काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने युद्ध बहादुरले वैदेशिक रोजगारीमा बेलायत पठाउँछु र त्यहाँ पुगेपछि ‘केयर गिभर’मा १० लाख ५० हजार रुपैयाँ तलब आउने आश्वासन दिएका थिए ।

युद्ध बहादुरले प्रतिव्यक्ति २६ लाख लाग्छ भनेर ३ जनासँग ७६ लाख लिएपछि सम्पर्कविहीन भए। उनले ३ जनाबाट ७६ लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

आरोपीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।