बाह्रबिसेमा जीप सडकबाट २ सय मिटर तल खस्यो,२ जनाको मृत्यु

बाह्रबिसेमा जीप सडकबाट २ सय मिटर तल खस्यो,२ जनाको मृत्यु

सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ७ अँधेरी खोलामा आज बिहान ११ बजे बाह्रबिसे जान लागेको बा १२ च ४९९१ बोलेरो जीप सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख इन्स्पेक्टर देवेन्द्र जोशीका अनुसार दुर्घटनामा परी बाह्रबिसे नगरपालिका-७ की ४० वर्षीया दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको हो।

६ जना सवार बोलेरोमा चालकसहित ४ जना घाइते भएका छन्।

चालक बिक्रम थापा, गाडीमा सवार यात्रुहरू बाह्रबिसे-७ कै गोपाल थापा, खड्ग कुमारी श्रेष्ठ, पुष्कर थापा घाइते रहेको इन्स्पेक्टर जोशीले जानकारी दिए।

घाइतेहरूलाई उपचारका लागि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उनले बताए।