बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न

बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न

काठमाडाैं ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज पल्सर ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ।

कम्पनीले १०० वटा बिरुवा रोप्ने उद्देश्यका साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकहरूलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो।

कम्पनीले विश्व सिमसार दिवसको अवसर पारेर गरेको उदयपुर कटारीमा रहेको सिसाघारी सिमसार क्षेत्रमा १०० भन्दा धेरै फलफूलको बिरुवा वृक्षारोपण गरेको छ।

१०० भन्दा धेरै एनएस ग्राहकहरू सहभागी यो राइडमा जनकपुर, धनुषाधाम, यदुकुवा, जलेश्वर, मिर्चैया, गोलबजार, राजविराज, बर्दिबास, गाइघाट, लहानलगायतका विभिन्न स्थानका राइडर सहभागी रहेका थिए।

उक्त कार्यक्रममा सहभागी सबै राइडरले उत्साहका साथ वृक्षारोपण गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक खेलमा भाग लिएका थिए।

विभिन्न खेलका विजेताहरूलाई कम्पनीले उपहारस्वरूप फुल हेलमेट प्रदान गरेको थियो। उक्त राइडमा ५० वर्षभन्दा बढी उमेर समूहका राइडरहरूको समेत सहभागिता रहेको थियो भने महिला राइडरको समेत सहभागिता रहेको थियो।