आइतबारसम्म कायम सेयरधनीले मात्रै हिमालयन रिइन्स्योरेन्सको सेयर बोनस पाउने

आइतबारसम्म कायम सेयरधनीले मात्रै हिमालयन रिइन्स्योरेन्सको सेयर बोनस पाउने

काठमाडौं ।

आज आइतबारसम्म कायम सेयरधनीले मात्रै हिमालयन रिइन्स्योरेन्सको सेयर बोनस पाउने छन् । आइतबारसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले कम्पनीद्वारा यसअघि घोषित ४ प्रतिशत सेयर बोनस पाउने र साधारणसभामा सहभागी हुन सक्ने छन् ।

कम्पनीले लाभांश प्रयोजनका लागि सोमबार बुक क्लोज तय गरिएको सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । सो बमोजिम अघिल्लो दिनसम्म कायम सेयरधनी मात्रै लाभांश पाउन र साधारणसभामा सहभागी हुन हकदार हुन्छन् ।

फागुन २० गते राष्ट्रिय सभागृहमा कम्पनीको साधारणसभा बस्दैछ । साधारणसभामा बोनस सेयरपछि कायम हुने चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव समेत कम्पनीले लैजानेछ । संस्थापक समूहबाट १ जना र साधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकहरु पनि साधारणसभाले चुन्नेछ ।