काठमाडौँ । गत १५ चैतमा राजावादीहरूको आन्दोलनका क्रममा काठमाडौँको तिनकुने, कोटेश्वर जडीबुटीलगायत स्थानमा भएको तोडफोड र आगजनीमा भएको क्षतिबापत निर्जीवन बिमा कम्पनीहरूले डेढ करोडभन्दा बढी बिमा दाबी भुक्तानी गरेका छन् ।
राजावादी आन्दोलनमा भएको क्षतिबापत ४ करोड रुपैयाँभन्दा बढीको बिमा दाबी परेकामा सो बराबरको भुक्तानी भएको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार जेठ २८ गतेसम्म प्राप्त तथ्यांकका आधारमा १२ वटा निर्जीवन बिमा कम्पनीमा ५० वटा दाबी परेको छ । दाबीअनुसार बिमा कम्पनीहरूले ४ करोड २१ लाख ८० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । हालसम्म बिमकहरूले ३० वटा दाबीको १ करोड ५८ लाख ४५ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।
२० वटा दाबीको २ करोड ५५ लाख ८२ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी राष्ट्रिय बिमा कम्पनीमा परेको छ । यो कम्पनीमा २ वटा दाबी परेको छ । कम्पनीले ९१ लाख ६० हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेे छ । हालसम्म कम्पनीले एउटा दाबीको १६ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको छ भने एउटाको ७५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
सबैभन्दा बढी दाबी भुक्तानी गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स छ । यसमा ७ वटा दाबी परेका छन् । ती दाबीको ७५ लाख ४९ हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । कम्पनीले हालसम्म ६ वटा दाबीको ५५ लाख ८७ रुपैयाँ भुक्तानी गरेको छ भने एउटा दाबीको १९ लाख ६३ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८ वटा दाबीको ७६ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । हालसम्म कम्पनीले ६ वटा दाबीको २८ लाख ६९ हजार रुपैयाँ भुक्तानी गरेको छ भने २ वटाको ४५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
यस्तै, नेको इन्स्योरेन्सले ४ वटा दाबीको ५२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेमा हालसम्म २ वटाको २९ लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेको छ भने २ वटाको २० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, नेसनल इन्स्योरेन्सले १एउटा दाबीको २० लाख ७५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेमा हालसम्म ६ वटाको ५ लाख ७६ हजार रुपैयाँ भुक्तानी गरेको छ भने ५ वटाको १४ लाख ९९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
आइजिआई प्रुडेन्सियलले ६ वटा दाबीको १४ लाख ९६ हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेमा ३ वटा दाबीको १० लाख ३६ हजार रुपैयाँ भुक्तानी गरेको छ भने ३ वटाको ४ लाख ६० हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
जेठ २८ गतेसम्म दि ओरिएन्टलले एउटा दाबीको ४७ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेमा भुक्तानी गरेको छैन । हिमालयन एभरेस्टले पनि २ वटा दाबीको २२ लाख भुक्तानी गर्नुपर्नेमा भुक्तानी गरेको छैन ।
सानिमा जिआइसीले एउटा दाबीको ६ लाख रुपैयाँ र प्रभुले एउटाको. १ लाख १० हजार रुपैयाँ भुक्तानी नगरेको प्राधिकरणले जनाएको हो ।
त्यस्तै, नेपाल इन्स्योरेन्सले एउटा दाबीको ८ लाख ७२ हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेमा कम्पनीले भुक्तानी गरिसकेको छ भने शिखर इन्स्योरेन्सले पनि ५ वटा दाबीको ४ लाख ९८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेमा कम्पनीले सबै भुक्तानी गरिसकेको छ ।
Comment