गाउँपालिका अध्यक्षका छाेरामाथि अज्ञात समूहद्वारा मरणासन्न आक्रमण

गाउँपालिका अध्यक्षका छाेरामाथि अज्ञात समूहद्वारा मरणासन्न आक्रमण

रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवका २६ वर्षीय छोरा अभिशेक श्रीवास्तवमाथि अज्ञात समूहले टाउकोमा रड प्रहार गरि घाइते बनाएको छ।
प्रहरीका अनुसार, अभिशेक मंगलबार बेलुका करिब ८:३० बजे सम्मरीमाई–२ बनगाईबाट सम्मरीमाई–१ पिपरी करौता स्थित आफ्नो निवास तर्फ जाँदै गर्दा पछाडिबाट आक्रमणमा परेका हुन् ।
आक्रमणकारीको प्रहारबाट घाइते भएका अभिशेकलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, भैरहवामा उपचारका लागि लगिएको छ। हाल अभिशेकलाइ मेडिकल काँलेजको आइसीयू वार्डमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त गरिरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख एवम् प्रहरी निरीक्षक घनदेव साउदले घटनाबारे अनुसन्धान थालिएको र अज्ञात आक्रमणकारीहरूको पहिचानका लागि प्रयास भइरहेको जानकारी दिएका छन्।