काठमाडाैँसहित देशका धेरै ठाउँमा झरी, हवाई उडान प्रभावित

काठमाडाैँसहित देशका धेरै ठाउँमा झरी, हवाई उडान प्रभावित

काठमाडौं ।

पछिल्ला दिनमा केही मत्थर भएकाे मनसुन आजलदेखि पुनः सक्रिय भएकाे छ । काठमाडाैँ उपत्यकासहित देशका अधिकांश ठाउँमा पानी परिरहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

अविरल वर्षासँगै खराब बनेकाे मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

मंगलबार बिहान खराब मौसमकै कारण केही जहाज आकाशमा नै होल्ड र केही डाइभर्ट भएको विमानस्थलले जनाएको छ।

विमानस्थलका प्रवत्ता सुभाष झाले पानी परेको कारण केही जहाज अवतरणमा समस्या भएको बताए ।

उनले भने, ‘जहाज उडानमा केही समस्या छैन । जहाज उठेपछि बादलमाथि आकाशमा जाने हो । तर, पानी परेकाले केही जहाजले ल्याड गर्न सकेको छैन ।’

अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेकाले अवतरण हुन समस्या आएको हो।

स्तानाबुलबाट काठमाडौं आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् ।

सिता एयरको लुक्लाको उडान मौसमको कारण रद्द भएको छ ।