आइतबार रतनपुर पुगेका पूर्व राज्यमन्त्री रायको हत्या

आइतबार रतनपुर पुगेका पूर्व राज्यमन्त्री रायको हत्या

जनकपुरधाम ।

सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो ।

अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

घटनास्थल पुगेको प्रहरीले उनलाई कोठाभित्र मृत अवस्थामा भेटाएको थियो। डिएसपी श्रेष्ठका अनुसार रायको टाउको धारिलो हतियार प्रहार भएको देखिएको छ। उनको टाउकोको बायाँ भागमा चोट छ।

चन्द्रपुर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार पूर्व राज्यमन्त्री राय आइतबार मात्रै रतनपुर आएका थिए। उनी परिवारसहित मलंगवा बस्छन्। रतनपुरमा भएको त्यो घर पुरानो हो। त्यहाँ उनको खेतीपाती पनि छ।