गोलभेँडाको भाउ ३० रुपैयाँ

गोलभेँडाको भाउ ३० रुपैयाँ

काठमाडौँ ।

पछिल्लो समय बजारमा गोलभेँडाको मूल्य सस्तिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

कालीमाटी बजारमा गोलभेँडा ठूलो, सानो लोकल र टनेल गरी तीन प्रकारका आउँछन्। त्यसमध्ये ठूलो गोलभेँडा भारतबाट पनि आउने गरेको छ।

समितिको तथ्यांक अनुसार आइतबार कालीमाटी बजारमा लोकल गोलभेँडाको होलसेल भाउ प्रतिकिलो १२ रूपैयाँदेखि १८ रूपैयाँ छ। त्यस्तै, सानो टनेल गोलभेँडा १७ देखि ३० रूपैयाँ छ भने ठूलो गोलभेँडाको ९० देखि एक सय रूपैयाँमा तोकिएको छ।

शनिबारदेखि बजारमा गोलभेँडाको मूल्यमा अत्यन्तै गिरावट आएको कालीमाटी बजारका होलसेल व्यापारी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

हाल बजारमा प्रतिक्रेट गोलभेँडाको मूल्य तीन सयदेखि पाँच सय रूपैयाँ छ।

कालीमाटी बजारमा उपभोक्ताले प्रतिकिलो ३० देखि ३५ रूपैयाँमा गोलभेँडा पाइरहेको उनले जानकारी दिए।