ह्वात्तै घट्यो गोलभेडाको भाउ

ह्वात्तै घट्यो गोलभेडाको भाउ

काठमाडौँ ।

पछिल्लो समय बजारमा गोलभेँडाको मूल्य सस्तिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

कालीमाटी बजारमा गोलभेँडा ठूलो, सानो लोकल र टनेल गरी तीन प्रकारका आउँछन्। त्यसमध्ये ठूलो गोलभेँडा भारतबाट पनि आउने गरेको छ।

समितिको तथ्यांक अनुसार बिहीबार कालीमाटी बजारमा लोकल गोलभेँडाको होलसेल भाउ प्रतिकिलो १५ रूपैयाँदेखि २० रूपैयाँ छ। त्यस्तै, सानो टनेल गोलभेँडा २५ देखि ३५ रूपैयाँ छ भने ठूलो गोलभेँडा एकसय देखि एक सय २० रूपैयाँमा तोकिएको छ।

साउन सुरू भएदेखि नै यो मूल्यमा पाँच/दश रूपैयाँ मात्रै थपघट भएको छ।

असार ३१ गतेको तथ्यांक हेर्ने हो भने ठूलो गोलभेँडा एक सयदेखि एक सय १०, लोकल गोलभेँडा ४० देखि ४५ र टनेल गोलभेँडा ४५ देखि ५५ रूपैयाँमा होलसेल कारोबार भएको थियो।