हिजो तोलाको डेढलााख पुगेको सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

हिजो तोलाको डेढलााख पुगेको सुनको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ ।

बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ३ सयले घटेको हो ।

हिजो सुनको भाउ बढेर नयाँ कीर्तिमान कायम भएको थियो ।

हिजो १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैबीच बुधबार चाँदीको भाउ ४५ रुपैयाँले घटेको छ । हिजो १ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८ सय ६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।