चामल चोरेको आरोपमा नेता मणिकान्त राठौड पक्राउ

चामल चोरेको आरोपमा नेता मणिकान्त राठौड पक्राउ

नयाँ दिल्ली ।

चामल चोरेको आरोपमा कर्णाटकमा भारतीय जनता पार्टी (भाजपा)का एक नेता पक्राउ परेका छन् । यो घटनामा कर्नाटक सरकारको अन्न भाग्य योजनासँग सम्बन्धित छ ।

प्रहरीले कुलबुर्गी सहरस्थित आवासबाट कर्नाटक भाजपाका नेता मणिकान्त राठौडलाई पक्राउ गरेको छ । यसअघि नै प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको भएपनि उनी पेस भएनन् ।

६ हजार क्विन्टलभन्दा बढी चामल चोरी

मणिकान्त ६ हजार ७७ क्विन्टल चामल चोरीको मामिलामा पक्राउ परेका हुन् । चोरी भएको चामलको मूल्य २ करोड भारुभन्दा बढी रहेको बताइएको छ । चामल राज्यको यादगिर जिल्लाको सरकारी गोदामबाट गायब भएको थियो । अन्न भाग्य योजना अन्तर्गत कर्नाटक सरकारले हरेक गरिब परिवारलाई महिनेपिच्छे १० केजी अन्न सित्तैमा दिँदै आएको छ ।