रसुवा केन्द्रबिन्दु भएर भूकम्प

रसुवा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ ।

रसुवा केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रसुवाको मन्चेट नजिक रहेको थियो ।

दिउँसो ३ बजेर २४ मिनेट जाँदा गएको उक्त भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड रहेको थियो ।

यसअघि आज बिहान ४ बजेर ४० मिनेट जाँदा मुगुको धर्मा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडकै भूकम्प गएको थियो ।