एक तोला सुनको मूल्य डेढ लाख

एक तोला सुनको मूल्य डेढ लाख

काठमाडौँ ।

बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामै २ हजारले बढेको हो ।

आज सुनको भाउ बढेर नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

१ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आन तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।