आज सुनको भाउ बढेर डेढलाखको हाराहारीमा पुग्यो

आज सुनको भाउ बढेर डेढलाखको हाराहारीमा पुग्यो

काठमाडौँ ।

आज नेपाली बजारमा सुनको भाउ बढेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ ९ सयले बढेको हो । हिजो १ लाख ४६ हजार ९ सयमा कारोबार भएको सुन आज १ लाख ४७ हजार ८ सयमा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो सुनको भाउ अहिलेसम्मकै सर्बाधिक मुल्य हो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १ सयमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले घटे तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।