दुई वर्षयताकै उच्च विन्दुमा नेप्से, सात अर्ब ६२ करोडको कारोबार

दुई वर्षयताकै उच्च विन्दुमा नेप्से, सात अर्ब ६२ करोडको कारोबार

काठमाडौं ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ५२.५७ अंकले बढेको छ।

नेप्से २.४० प्रतिशतले बढेर २२.६१ विन्दुमा बन्द भएको छ।

नेप्से परिसूचक दुई वर्ष यताकै उच्च विन्दुमा पुगेको हो। यो २०७९ जेठ ४ गते यताको उच्च विन्दु हो।

बिहीबार कारोबार रकम पाँच महिनायताकै उच्च रहेको छ। यसअघि गत माघ ७ गते सात अर्ब ६७ करोडको सेयर कारोबार भएको थियो।

आजको कारोबार त्यसयताकै उच्च हो।

बिहीबार सात अर्ब आठ करोड छ लाख ९८ हजार १४६ रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार सात अर्ब ६२ करोड चार लाख ९८ हजार ५२० रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५४ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३०९ वटा धितोपत्रको दुई करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर किनबेच भएको हो।

आइतबार २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३६ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन रिडी पावर र माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ। उक्त कम्पनीहरूको सेयर मूल्य क्रमशः १८३ रूपैयाँ ७० पैसा र एक हजार ३५७ रूपैयाँ ४० पैसा कायम भएको छ।

यस्तै, जानकी फाइनान्सको सेयरमूल्य ९.९५ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८३१ रूपैयाँ कायम भएको छ।

१०.१५% प्राइम डिबेञ्चर २०८४ को मूल्य सर्वाधिक ४.१२ प्रतिशतले घटेको छ।

उक्त डिबेञ्चरको मूल्य एक हजार ४५ रूपैयाँ १० पैसा कायम भएको छ।

यस्तै, बलेफी हाइड्रोपावको मूल्य ३.६८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४०६ रूपैयाँ कायम भएको छ।

आइतबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य ८३१ रूपैयाँमा २४ करोड २७ लाखको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७५८ रूपैयाँमा २१ करोड २७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन बैंकिङ समूहको परिसूचक सर्वाधिक ३.७४ प्रतिशतले बढेको छ भने जलविद्युत समूहको परिसूचक ३.३० प्रतिशतले बढेको छ।