कोपा अमेरिका फाइनलमा अर्जेन्टिना र कोलम्बिया भिड्ने

कोपा अमेरिका फाइनलमा अर्जेन्टिना र कोलम्बिया भिड्ने

काठमाडौँ ।

कोपा अमेरिकाको फाइनल खेल भोलि बिहान अर्जेन्टिना र कोलम्बियाबीच हुदै छ । यो खेल नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि हुदै छ ।

अर्जेन्टिनाले सेमिफाइनलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने कोलम्बियाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अहिलेसम्म १५ पटक कोपाको उपाधि जितेको अर्जेन्टिना योसहित ३०औ पटक कोपा अमेरिकाको फाइनल खेल्दै छ । अर्जेन्टिना १४ पटक उपविजेता बनेको छ । त्यस्तै अर्जेन्टिना कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन पनि हो । अर्जेन्टिनाले १९९३ पछि पहिलो पटक २०२१ मा कोपा अमेरिका जितेको थियो भने अहिले लगातार दोस्रो पटक फाइनल खेल्दै छ ।

त्यस्तै कोलम्बिया भने २००१ पछि पहिलो पटक कोपा अमेरिकाको फाइनलमा पुगेको छ । कोलम्वियाले २००१ मा मात्र एक पटक कोपाको उपाधि जितेको छ । त्यसअघि १९७५ मा फाइनलमा पुगेर पराजित भएको थियो । कोलम्बिया यो सहित तेस्रो पटक कोपा अमेरिकाको फाइनल खेल्दै छ ।

अहिलेसम्म अर्जेन्टिना र कोलम्वियाबीच कुल ४२ खेल भएका छन् । जसमा अर्जेन्टिनाले २५ खेल जितेको छ भने कोलम्बियाले ९ खेल जितेको छ । त्यस्तै ८ खेल बराबरी भएका छन् । यी दुवै वीच पछिल्लो खेल २०२२ को फिफा विश्वकपमा भएको थियो, जसमा अर्जेन्टिना १-० ले विजयी भएको थियो ।