गणपति र एन्जल्स बसका २ यात्रुको शव नारायणी नदीको टापुमा भेटियो

गणपति र एन्जल्स बसका २ यात्रुको शव नारायणी नदीको टापुमा भेटियो

काठमाडौं ।

नवलपुरको गैंडाकोटस्थित नारायणी नदीको टापुमा शनिबार दिउँसो भेटिएका दुवै शवको सनाखत भएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार माडी–१ का २२ वर्षीय विकास परियारको शव दाइ विजय परियारले पहिचान गरेका हुन्। विकास वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बसमा सवार थिए।

भेटिएका दुई मध्ये अर्को शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमित कुशर माझीको रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

उनका बुवा रवीन्द्रकुशर माझीले शवको सनाखत गरेका थिए। उनी काठमाडौबाट गौर जाँदै गरेको प्रदेश ०३– ००१ ख २४९५ नम्बरको गणपति बसमा चढेका थिए।

भेटिएका शव भरतपुर अस्पतालको शव गृहमा छन्।