काठमाडौँ ।
आज देशका केही नदी तथा खोलामा बाढीको सम्भावना छ ।
विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली, काठमाडौँ, भक्तपुर, ललितपुर भएर बग्ने नदी तथा खोलामा बाढीको सम्भावना छ ।
मकवानपुर, बारा, पर्सा, चितवन, पाल्पा, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके र आसपासका जिल्ला भएर बग्ने अधिकांश स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यता धौलिगंगा जलविद्युतको बाँध सिल्टसरसफाइ कार्यको लागि खोलिने र महाकाली नदीको जलसतह बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । नारायणी नदीको जलसतह घट्ने भए पनि सतर्कता तह आसपास हुने विभागको भनाइ छ ।
Comment