लेदो र ढुंगा खसेर लाग्दा बस चालकको मृत्यु

लेदो र ढुंगा खसेर लाग्दा बस चालकको मृत्यु

काठमाडौं ।

चितवनमा लेदो र ढुंगा खसेर लाग्दा बस चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार लु २ ख ६५६६ नम्बरको बसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको हो।

भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित १७ किलोमा उक्त दुर्घटना भएको हो।

मृतक चालक नवलपरासीका मेघनाथ विक छन्।

उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी रिजालले जानकारी दिए।