आज एकैदिन ९ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज एकैदिन ९ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।

मंगलबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ ९ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख ४५ हजारमा कारोबार भएको सुन आज १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार हुने छ ।

आज चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ । हिजो १८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १८ सय ८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।