चित्रबहादुर केसीको प्रश्न : भुटानी शरणार्थी र गिरीबन्धुमा कांग्रेस–एमाले मिलेको हो ?

चित्रबहादुर केसीको प्रश्न : भुटानी शरणार्थी र गिरीबन्धुमा कांग्रेस–एमाले मिलेको हो ?

काठमाडौं

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचारलाई सामसुम पार्नका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच सम्झौता भएको भए स्वीकार्य नहुने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकका बोल्दै उनले भ्रष्टाचारका ठूला काण्ड मिलाउन दुई मिलेको भए मान्य नहुने बताएका हुन् । गठबन्धन बन्नु र भत्किनुका पछाडि को छ भन्नेसमेत आशंका रहेको उनले बताए ।

उनले प्रश्न गरे, ‘यसभन्दा पहिलेको जुन गठबन्धन थियो, त्यो गठबन्धन बन्नुको पछाडि के थियो ? हामी २०७४ मा वामपन्थीहरू एकै ठाउँमा भएका थियौँ । त्यो वामपन्थीहरूको सरकार भत्काउनुको औचित्य के थियो ? त्यो भत्काएकोमा सर्वोच्च अदालतले बेठिक भयो भनेपछि फेरि अर्को चोटी पनि भत्काएको होइन ?’
वामपन्थी गठबन्धन भत्काइएको कुनै पार्टी बचाउनका लागि भएको पनि उनले स्मरण गरे ।

‘…अनि, त्यसको सफाइ दिने बेलामा चाहिँ एमाले बचाउनका लागि भन्ने कुरा आयो, होइन ? त्यसकारणले सबैको हविगत देखिएको छ,’ केसी भन्छन्, संसदभित्रका राजनीतिक दलहरू साना, ठूला, नयाँ, पुराना सबैलाई नेपाली जनताले देखेका छन् । जानेका छन् । बुझेका छन् । आफ्नो भ्रष्टाचारलाई लुकाउन, जोगाउनका लागि यो खेल भएको हो भने यो राम्रो कुरा होइन ।’