१ लाख २६ हजार विद्यार्थीले दोहोर्‍याएर १० कक्षा पढ्न पर्ने

१ लाख २६ हजार विद्यार्थीले दोहोर्‍याएर १० कक्षा पढ्न पर्ने

काठमाडौं ।

एसइईमा दुई विषयमा नन ग्रेडिङ (एनजी) आएका विद्यार्थीहरूले एक महिनापछि पूरक परीक्षा दिन पाउने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ती विद्यार्थीका लागि एक महिनापछि पूरक परीक्षा हुने जानकारी दिए। बोर्डका अनुसार ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ।

तीमध्ये २ विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ।

उनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले बताए।

उक्त परीक्षाको नतिजा १ महिनामा प्रकाशित हुने बोर्ड जनाएको छ। ग्रेडवृद्धि हुने विद्यार्थी भने यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन्।

त्यस्तै, २ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हनुपर्नेछ।

बिहीबार बिहान राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेको हो।

परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तिर्ण भएका छन्।

जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी अनुत्तिर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ।