रक्सीले मातेर जहाज चढेका राजेशपायल राईलाई घर फर्काइयाे

रक्सीले मातेर जहाज चढेका राजेशपायल राईलाई घर फर्काइयाे

काठमाडौं ।

दुबईमा सांगीतिक कार्यक्रमका लागि हिँडेका गायक राजेशपायल राई जहाज चढिसकेपछि फर्काइएकाे छ ।

त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत् आज बिहानको उडानमा जान लागेका उनीलाई अत्यधिक मदिरा खाएर एयरलाइन्सका कर्मचारीसँग झगडा गरेकाे आराेप छ ।

बोर्डिङ पास लिएर विमानभित्र प्रवेश गरेका राई पहिलै रक्सीले मातेको विमानस्थल स्रोतले बतायो ।

उनले विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग लफडा गर्न थालेपछि प्रहरीको जिम्मा लगाइएको स्रोतको भनाइ छ ।

जहाज उनलाई नलिई अरु यात्रु लिएर उडिसकेको छ । राईलाई प्रहरीले ट्याक्सीमा हालेर घर पठाइदिएको छ ।