मुख्यसचिव डा.अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारकाे निर्णय

मुख्यसचिव डा.अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारकाे निर्णय

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

अनुसन्धानबाट नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएका देखिएपछि अर्याल विरुद्ध मुद्दा दायर गर्ने निर्णय भएको आयोग स्राेतले बताएकाे छ।

प्राधिकरणले ‘कल बाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न टेरामक्स खरिद गर्दा डेढ अर्ब अनियमितता भएको उजुरी परेको थियो । आयोगले अनुसन्धान सकेर विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

खरिद प्रक्रियामा तत्कालीन एक मन्त्री पूर्वसञ्चार मन्त्रीहरू मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्की पनि संलग्न रहेको आरोप छ । आयोगले उनीहरूमध्ये एक जनालाई प्रतिवादी बनाउने निर्णय गरेको छ ।