एकैदिन २७ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

एकैदिन २७ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं

आज आइतबार नेपाली बजारमा सुनकाे भाउ एकैदिन २७ सय रुपैयाँ घटेको छ ।

याे सँगै आज  सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यसअघि शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय १५ रुपैयाँमा झरेको छ ।