प्राइम सहकारी डेढ अर्ब अपचलन : ३ जना पक्राउ

प्राइम सहकारी डेढ अर्ब अपचलन : ३ जना पक्राउ

काठमाडौं ।

पोखरा महानगरपालिका–४ गैह्रपाटनपस्थित प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका–१ कि ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ घर भएकी ४७ वर्षीया सीताकुमारी गुरुङ र पोखरा–३ तेर्सापट्टीका ४७ वर्षीय जीवन सार्की छन् ।

सहकारीको रकम हिनामिना गरेर उनीहरु फरार थिए । प्राइम सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेकाले थुनकेछ बहसका लागि उनीहरुलाई अदालतमा उपस्थित गराइएको छ ।

सहकारीकाे एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२ रुपैयाँ ८५ पैसा रकम अपचलन भएको जाहेरी परेकाे छ ।