भ्रष्टाचार विरोधी अभियन्ता भन्दै ठगी, ४ जना पक्राउ

भ्रष्टाचार विरोधी अभियन्ता भन्दै ठगी, ४ जना पक्राउ

काठमाडौं ।

भ्रष्टाचार विरोधी अभियन्ता हुँ भनेर गैरकानुनी रूपमा संस्था खोलेर ठगेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

गोकर्णेश्वर नगरपालिका भित्र बेथिति एवं भ्रष्टाचार विरूद्ध अभियान २०८० नामकको संस्था गैरकानुनी रूपमा खोलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा गोकर्णेश्वर बस्ने ३१ वर्षीय राजु सुनार, २६ वर्षीय आदर्श क्षेत्री, २० वर्षीय अस्मिता खत्री र ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन्।

उनीहरूले संस्था विभिन्न वडाहरूमा खोलेर शाखासमेत विस्तार गरेको प्रहरीको आरोप छ।

विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, टोल सुधार एवं उपभोक्ता समितिमा गएर आफूहरू भ्रष्टाचार विरोधी अभियन्ता हौं भनेर चिनाउने गरेको एसपी अधिकारीले बताए।