चट्याङ लागेर २ जनाको मृत्यु

चट्याङ लागेर २ जनाको मृत्यु

काठमाडौं

मकवानपुरको राक्सिराङ गाउँपालिका-२ थुम्कीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

आज बिहान घरमै सुतिरहेको अवस्थामा ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

चट्याङ लागेर घाइते भएका प्रजाको हेटौंंडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका प्रवक्ता भण्डारीले बताए । उनका अनुसार मृतकको शव अस्पतालमा राखिएको रहेको छ ।

घटनाबारे थप अनुसन्धान गर्न चैनपुरबाट प्रहरी सहायक निरीक्षक गौरव विष्टको टोली राक्सिराङस्थित प्रहरी चौकी गएको प्रवक्ता भण्डारीले बताए ।

यस्तै,

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ ।

रैनादेवी छहरा गाउँपालिका ३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार पन्त घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर चट्याङ लागेको थियो ।

उनलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगिएको थियो । चेकजाँचको क्रममा डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए ।