टी-२० विश्वकप : नेपालद्वारा बंगलादेश १०६ रनमा अल आउट

टी-२० विश्वकप : नेपालद्वारा बंगलादेश १०६ रनमा अल आउट

काठमाडौं ।

आइसिसी टी-२० विश्वकपमा नेपालले जितका लागि १०७ रनको लक्ष्य पाएको छ।

सेन्ट भिसेन्टमा समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले बंगलादेशलाई १९.३ ओभरमा अल आउट गरी १०६ रनमा समेटेको हो।

नेपालका लागि सोमपाल कामीले खेलको पहिलो बलमै विकेट लिएका थिए। उनले बंगलादेशका ओपनर तान्जिड हसनलाई आउट गरे।

लगत्तै दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले नेपालका लागि दोस्रो विकेट लिए। दोस्रो ओभरको तेस्रो बलमा उनले बंगलादेशका कप्तान नजमुल हुसेन सान्तोलाई बोल्ड गरे।

सोमपाल कामीले ३ ओभरमा १० रन खर्चिएर २ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले २ विकेट लिन १७ रन खर्चिए। रोहित पौडेलले ४ ओभर बलिङ गरेर २ विकेट लिँदा २० रन खर्चिए भने चारै ओभर बलिङ गरेका सन्दीप लामिछानेले १७ रन खर्चिएर २ विकेट लिए।