विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन्।

अवैध रूपमा लुकाएर लैजान लागेको करिब ८९ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक नितिन महेश्‍वरी छन‍्‍।

शनिबार साँझ थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ।