भोलि देशैभर सार्वजनिक बिदा

भोलि देशैभर सार्वजनिक बिदा

काठमाडौ ।

सरकारले यही असार ३ गते (भोलि) सार्वजनिक बिदा दिएको छ।

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो।

सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो।