काठमाडौं ।
आइसिसी टी-२० विश्वकपमा इंग्ल्याण्डले ओमानलाई १९ बल खेलेर जितेको छ।
शुक्रबार बिहान भएको खेलमा इंग्ल्याण्ड्ले ओमानलाई १९ बल खेल्दै ८ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले बलिङ रोजेको इंग्ल्याण्डले ओमानलाई ४७ रनमा अल आउट गर्यो।
इंग्ल्याण्डका अदिल रसिदले ४ विकेट तथा मार्क वुड र जोफ्रा आर्चरले ३/३ विकेट लिए।
१३.२ ओभरमा अल आउट भएको ओमानका लागि शोइब खानले बनाएर ११ रन सर्वाधिक रह्यो।
प्रतिक अथभेल ५ रनमा, काश्यप प्रजापति ९ रनमा, कप्तान अकिब इलियास ८ रनमा, जीशन मक्सुद, आयान खान र खालिद केइल १/१ रनमा, मेहरान खान शून्यमा र कलीमउल्लाह ५ रनमा आउट भएका थिए।
४८ रनको लक्ष्य प्राप्त गरेको खेलमा इंग्ल्याण्डका कप्तान जोश बट्लरले ८ बलमा ४ चौका र १ छक्का प्रहार गरी २४ रन बनाएर नट आउट रहे।
फिल सल्टले २ छक्का प्रहार गरी १२ रन बनाएर तेस्रो बलमा आउट भएका थिए।
विल ज्याक्सले ७ बल खेलेर १ चौका प्रहार गरी ५ रन जोडेका थिए। जोनी बैर्स्टोले २ चौका प्रहार गरी ८ रन बनाएका थिए।
इंग्ल्याण्डले ओमानलाई पराजित गर्ने क्रममा टी-20 विश्वकपमा सबैभन्दा छिटो जित्ने कीर्तिमान राखेको छ।
समूह बी मा रहेको इंग्ल्याण्ड अन्तिम ८ का लागि संघर्षरत छ।
आज समुह सी अन्तर्गत अफगानिस्तान र पीएनजीको खेल जारी छ भने आजै दोस्रो खेल अमेरिका र आयरल्याण्डबीच हुदै छ । फ्लोरिडामा हुने यो खेल नेपाली समय अनुसार राति ८स् १५ बजेदेखि हुदै छ ।
समुह ए अन्तर्गत अमेरिकाले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक बटुलेको छ र दोस्रो स्थानमा रहेको छ । अमेरिकाले यो खेल जितेमा सुपर आठमा आफ्नो स्थान सुनिस्चित गर्ने छ । त्यस्तै आयरल्याण्डले भने यस अघि लगातार दुई खेलमा हार बेहोरेको छ ।
Comment