लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिमाना

लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिमाना

काठमाडौँ ।

लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय हुने फैसला भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले उनलाई ६ वर्ष कैद र ८० लाख जरिवाना हुनेगरी सजाय निर्धारण गरेका हुन् ।

जेठ २४ मा दोषी ठहर भएका भट्टराईलाई बिहीबार विशेष अदालतले कसुर निर्धारण गरेको हो । ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट घुस लिएको आरोपमा उनी विरुद्ध अख्तियारले २५ चैत २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।