क्यान्सर पीडित वडा अध्यक्षको कामकाज गर्दा गर्दै मृत्यु

क्यान्सर पीडित वडा अध्यक्षको कामकाज गर्दा गर्दै मृत्यु

जनकपुर ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम संगै जोडिएको धनुषाधाम नगरपालिकामा एकजना वडा अध्यक्षको निधन भएको छ।

धनुषाधाम नगरपालिका १ का वडा अध्यक्ष विश्वनाथ यादवको मृत्यु भएको हो । क्यान्सर रोगबाट ग्रस्त वडा अध्यक्ष यादवको बिहीबार आज बिहान ६ बजेर १० मिनेटमा आफ्नो घरमै मृत्यु भएको पीडित परिवारले जनाएको छ ।

पेटको आन्द्रामा क्यान्सर रोग बाट ग्रस्त यादवको उपचार चलिरहेको थियो । नियमित औषधि सेवन गर्दै वडाको दैनिक कामकाज गर्दैआएका उनको अचानक मृत्यु भएको छ । मृतक यादवको श्रीमति, एक छोरा र दुई छोरी छन् ।

धनुषाधाम नगरपालिका –१, काशीपुर घर भएका यादवको धनुषाधाम वन क्षेत्रमा आज दिउँसो अन्तेष्टि गर्ने तयारी भइरहेको उनको परिवारजनले जनाएको छ ।