टी-२० विश्वकप : नेपाल र श्रीलंका बीचको खेल रद्द, अन्य २ खेल साँझ बाट सुरु हुने

टी-२० विश्वकप : नेपाल र श्रीलंका बीचको खेल रद्द, अन्य २ खेल साँझ बाट सुरु हुने

काठमाडौं ।

आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन् ।

मंगलबार रातिदेखि लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकेर खेल रद्द भएको हो । नेपाल र श्रीलंकाका दुवै खेलाडीले समर्थकलाई धन्यवाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थिति थियो ।

आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजर्भ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुवै टोलीले एक/एक अंक बाँडेका हुन् ।

जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्द भएको छ । अन्य २२ मध्ये २१ खेलको नतिजा आएको थियो ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

त्यस्तै,

आज दोस्रो खेल समुह बी अन्तर्गतको अस्ट्रेलिया र नामिबियाबीच हुदै छ । एन्टीगास्थित सर भिभियन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुदै छ । जारी विश्वकपमा अस्ट्रेलियाले लगातार दुवै खेल जितेको छ भने नामिबियाले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

त्यस्तै आज तेस्रो खेल समुह ए अन्तर्गतको अमेरिका र भारतबीच हुदै छ । न्यूयोर्क स्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८; १५ बजेदेखि शुरु हुदै छ । जारी विश्वकपमा अमेरिका र भारत दुवैले आफ्ना दुवै खेलमा जित हासिल गरेर ४-४ अंक हासिल गरेका छन् । भारत रनरेटका आधारमा समुह ए मा शिर्ष स्थानमा छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ ।