किसानले पेन्सन पाउनुपर्ने भन्दै प्रभु साहले भने-‘मधेशमा कोल्ड स्टोर नहुँदा किसानको ढाड भाँचिएको छ’

किसानले पेन्सन पाउनुपर्ने भन्दै प्रभु साहले भने-‘मधेशमा कोल्ड स्टोर नहुँदा किसानको ढाड भाँचिएको छ’

काठमाडौं ।

आम जनता पार्टी अध्यक्ष प्रभु साहले किसानका लागि मन्त्रालयले उचित बजेट ल्याउन नसकेको बताएका छन् ।

‘हामी चाहन्छौं सरकारले किसानलाई पेन्सन देओस् । किसानको समस्या देखोस्,’ सांसद साहले भने, ‘तराई, मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाई समस्या परिरहेको छ । सरकारले त्यता ध्यान नदिँदा किसानको ढाड भाँचिएको छ ।’