३३ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

३३ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं ।

सेयर बजर परिसूचक नेप्से लगातार दोस्रो दिन पनि वृद्धि भएको छ ।

मंगलबार बजार परिसूचक नेप्से ३३.१५ (१.५९ प्रतिशत) ले वृद्धि भएर २११५.२४ को बिन्दुमा बन्द भएको छ ।
मंगलबार नेप्से २१०० को बिन्दु नाघेर बन्द भएको छ ।

मंगलबार हाइड्रोपावर उपसूचक सर्वाधिक २.५८ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक २.४० प्रतिशत, निर्जीवन बीमा उपसूचक २.१९ प्रतिशत, वित्त कम्पनी उपसूचक २.१६ प्रतिशत, व्यापार उपसूचक २.१२ प्रतिशत र बैंकिङ उपसूचक १.७३ प्रतिशतले बढेको छ ।

सोमबार ५ अर्ब ४९ करोडको कारोबार भएको बजारमा मंगलबार साढे ५ अर्ब नाघेको छ । ७४ हजार ८७७ वटा कारोबारमा १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ५५ करोड ५४ लाखको कारोबार भएको हो । जसमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक ३६ करोड ३१ लाखको कारोबार भएको छ ।

त्यस्तै माउन्टेन इनर्जीको २३ करोड १८ लाखको कारोबार हुँदा ग्लोबल आईएमई लघुवित्तको १० करोड ८३ लाख, जानकी फाइनान्सको १० करोड ६१ लाख र गोर्खाज फाइनान्सको ९ करोड ३१ लाखको सेयर किनेबच भएको छ ।

मंगलबार नेप्सेमा कुल २४६ सूचीकृत कम्पनीको सेयर कारोबारमा आउँदा २०३ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ४१ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २ कम्पनीको स्थिर छ ।

नेप्सेमा मंगलबार कारोबार भएकामध्ये बरुण हाइड्रोपावर, ग्रिन भेञ्चर हाइड्रोपावर, कुथेली बुखारी साना जलविद्युत् कम्पनी र भगवती हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ ।

यसतै अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको हो ।

यता सामलिङ पावर कम्पनीको सेयरमूल्य ५.८१ प्रतिशतले गिरावट हुँदा कुमारी इक्विटी फन्डको इकाइ मूल्य ४.९४ प्रतिशत र एनआईसी एसिया फ्लेक्स क्याप फन्डकोझ इकाइ मूल्य ३.३१ प्रतिशतले घटेको छ ।