भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राजीनामा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राजीनामा

काठमाडौं ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् ।

राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मोदी मन्त्रिपरिषद्को बुधबार बिहान स्थानीय समयअनुसार ११:३० मा बसेको बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन् ।

मोदीले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिन सक्नेछन् । बहुमत जुटाउनका लागि एनडीए गठबन्धनका सांसदहरूबाट हस्ताक्षर संकलन गरिएको छ । जेडीयूका प्रवक्ता केसी त्यागीले जुन ७ मा संसदमा एनडीए गठबन्धनमा रहेका सबै सांसदहरूको बैठक हुने बताए ।

लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ । यो बहुमत संख्या (२७२) भन्दा ३२ सिट कम हो। भाजपा नेतृत्वको गठबन्धन एनडीएले प्राप्त गरेको २९२ सिटको आधारमा बहुमत जुटाउने कसरत भइरहेको छ ।