पोखरामा प्रधानमन्त्रीलाई कालो झन्डा !

पोखरामा प्रधानमन्त्रीलाई कालो झन्डा !

पोखरा ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखराममा कालो झन्डा देखाइएको छ ।

पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउने क्रममा सूर्यदर्शन सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई कालो झन्डा प्रदर्शन गरेका थिए ।

कालो झन्डा देखाउने केही सहकारी पीडितलाई प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई कालो झन्डा देखाएपछि प्रधानमन्त्री प्रचण्डले सरकार पीडितहरूको पक्षमा रहेको र ५ लाखसम्मको बचत फिर्ता गर्ने यही सरकार भएको बताएका थिए । उनले आफूलाई कालो झन्डा देखाएर ब्लन्डर गरेको बताएका थिए ।