बनेपामा यातायातका कर्मचारीबिच ट्राफिक प्रहरीकै अगाडि कुटाकुट

बनेपामा यातायातका कर्मचारीबिच ट्राफिक प्रहरीकै अगाडि कुटाकुट

काभ्रे।

काभ्रेको बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगडा भएको छ ।

अरनिको यातायात सेवा प्रालिको बसलाई हिमाल तराई यातायात सेवा प्रालिका चालकले रोकेपछि विवाद सुरु भएको थियो ।

अरनिको यातायातका कर्मचारीले मुल सडकमा बस तेर्स्याएर चक्काजाम गरेसँगै डीएसपी लालध्वज सुवेदी नेतृत्वको टिम पुगेर सडक खुलाएका छन् । विवाद सुरु भएपछि हिमाल तराईका अध्यक्ष एक गाडी मान्छे लिएर बनेपा पुगेका हुन् ।

झडपमा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा घर भएका ३० वर्षीय कुमार सुनुवार छन् ।

सडक जाम खुलेपछि अरनिको यातायातका चालकलाई कुटेको आरोपमाा सुनुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी लालध्वज सुवेदीले बताए । उनी हिमाल तराईका कर्मचारी हुन् ।