जसपाकाे महाधिवेशनका लागि निमार्णाधीन टेन्ट हावाहुरीले भत्कायाे

जसपाकाे महाधिवेशनका लागि निमार्णाधीन टेन्ट हावाहुरीले भत्कायाे

जनकपुर ।

जनता समाजवादी पार्टी नेपालको जेठ २८ गतेदेखि जनकपुरमा हुन लागेको प्रथम राष्ट्रिय महाधिवेशनका लागि निमार्णाधीन मञ्च (टेन्ट पण्डाल) हावाहुरीले भत्काइदिएको छ ।

जसपा नेपालले प्रथम राष्ट्रिय महाधिवेशनका लागि जनकपुरधामको तिरहुतियागाछी मैदानमा मञ्च बनाइरहको थियो ।

एक महिनादेखि बनाइरहेको उक्त मञ्च निर्माण पूरा हुन केहीमात्र बाँकी हुँदा सोमबार राति आएको हावाहुरीले क्षति पुर्‍याएको हो ।

जसपा नेपालका धनुषा जिल्ला अध्यक्ष पशुपति यादवका अनुसार २० हजार नेता कार्यकर्ता आट्ने क्षमताको सो पण्डाल निर्माणको अन्तिम चरणमा थियो ।

भत्केको पण्डाल बाँस हटाउँदै पुनः निर्माण गरिने जसपाले जनाएको छ ।